तारा एयरले भोलिदेखि पोखरा-जोमसोम नियमित उडान गर्ने

काठमाडाैं | भदौ २४, २०८०

तारा एयरले भोलिदेखि पोखरा-जोमसोम नियमित उडान गर्ने तस्बिर फाइल

काठमाडौं:  प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम उडान पुनः सुचारु हुने भएको छ ।


२५ भदौ सोमबारदेखि तारा एयरले नियमित उडान गर्ने भएको हो । बिस्तारै मौसम अनुकूल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित हुन लागेको कम्पनीले जनाएको छ ।


जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्ने भएको छ । हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरि तालिका मिलाईएको कम्पनीले जनाएको छ ।


तारा एयरको उडान पोखराको पुरानो विमानस्थलबाट हुने गरेको छ । मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाईमा रहेको छ । यो विमानस्थलको लम्बाई ७३९ मिटर रहेको छ

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्